प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुन्छः मुख्यमन्त्री कार्की



मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि मन्त्रिमण्डल फेरबदल हुने बताएका छन्।

प्रदेश आन्तरिक मन्त्रालयमा साेमबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रिमण्डलमा फेरबदल भए पनि मन्त्रालयको संख्या भने नबढाउने स्पष्ट पारे।


उनले नयाँ सत्ता समीकरणभन्दा बाहिरका साथीहरुले सरकार छोड्न नचाहेको समेत उल्लेख गरे। उनले प्रदेश सरकार अन्य प्रदेश सरकारभन्दा फरक अर्थात संविधानको धारा १६८ को उपधारा ५ मा निर्माण बताए।