विष्णुमती नदीको जलसतह सतर्कता तह पार



काठमाडौँ । काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान साढे ६ बजे जारी गरेको सूचना अनुसार जलसतह बढ्दो क्रममा रहेको छ । 

टेकुदोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सो क्षेत्रमा शनिबार पनि डुबान भएको थियो ।