जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । शनिबार प्रदेशसभामा मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका हुन् ।
प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री सिंहमको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको थियो । मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार सिंहले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।
केन्द्रमा समीकरण फेरिएसँगै प्रदेशमा पनि समीकरण फेरिएको छ । जसअनुसार १०७ सदस्यीय प्रदेशसभामा एमाले, कांग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएका हुन् ।
त्यसअघि आजै मुख्यमन्त्री सिंहले मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका थिए ।