बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव



बेलायतको प्रधानमन्त्री बनिरहने अभियानमा ऋषि सुनकमा राजनीतिक स्पर्शको अभाव देखिएको छ । शुक्रबार भएको निर्वाचनमा लज्जास्पद हारअघि कन्जरभेटिभ पार्टीका समस्याहरू गम्भीर थिए तर बेलायतका सबैभन्दा धनी प्रधानमन्त्रीका गलत कदमहरूले पार्टीको हारमा योगदान पुर्यायो ।

टोनी ब्लेयर र बोरिस जोनसनजस्ता पूर्ववर्तीहरू राजनीतिकरूपमा धेरै चतुर र मतदाताहरूसँग जोडिन सक्षम थिए । सुनकका लागि सन् २०२५ जनवरीसम्म निर्वाचन गराउन आवश्यक थिएन । पछिल्ला दुई वर्षमा आर्थिक मन्दी, नैतिकतासम्बन्धी घोटाला र नेताहरू प्रधानमन्त्रीमा दोहोरिरहने अवस्थाबीच कन्जरभेटिभको समर्थन लगातार घटिरहेको बेला उनले मे महिनामा मुसलधारे वर्षामा जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गर्दै राजनीतिक सल्लाहको अवहेलना गरे ।


अझ लेबर पार्टीको तुलनामा कन्जरभेटिभ पार्टीको अभियानको तयारी देखिएन र मतदाताहरूले अझै पनि बेलायतको अर्थतन्त्रमा सुधार भएको महसुस गरेका छैनन् । सुनकले १० डाउनिङ सेन्टस्थित आवासबाहिर प्रधानमन्त्रीका रूपमा आफ्नो अन्तिम सम्बोधनमा भने, “मैले तपाईंहरूको रिस र निराशा सुनेको छु, म यो क्षतिको जिम्मेबारी लिन्छु ।”

वास्तवमै उनलाई माफी माग्नका लागि प्रेरित गर्ने र धेरै विश्लेषकहरूले कन्जरभेटिभ पार्टीको अभियानको अन्तिम मृत्यु घन्टी ठानेको उनको सबैभन्दा ठूलो गल्ती भनेको जुन ६ मा उत्तरी फ्रान्समा आयोजना गरिएको ८० वर्षको डि–डे स्मरणोत्सवबाट चाँडै निस्कने उनको निर्णय थियो । स्मरणोत्सव बन्द गर्ने अन्तर्राष्ट्रिय कार्यक्रम छाड्ने उनको निर्णयले दिग्गजहरूप्रति अनादर गरेको र बेलायतको अन्तर्राष्ट्रिय प्रतिष्ठा घटाएको आलोचकहरूले बताएका छन् ।

उक्त समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ सोल्स र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित विश्व नेता सहभागी थिए । समारोहमा बेलायतका नवनियुक्त प्रधानमन्त्री किर स्टार्मर पनि थिए ।

सन् १९८० मा इङ्ग्ल्यान्डको दक्षिणी तटमा रहेको साउथेम्पटनमा भारतीय मूलका बुबाआमाको घरमा जन्मिएका सुनक बेलायतको फरक रङका पहिलो नेता र प्रधानमन्त्री बन्ने पहिलो हिन्दू बने । बयालिस वर्षको उमेरमा उनी दुई सय वर्षभन्दा धेरै समयका लागि बेलायतको सबैभन्दा कान्छो नेता थिए ।

एक अर्बपति भारतीय परिवारमा विवाह गरेका गोल्डम्यान स्याक्सका पूर्व हेज फन्ड प्रबन्धक सुनक कन्जरभेटिभ श्रेणीमा द्रुतरूपमा उक्लिए । अहिले ४४ वर्ष पुगेका उनी कोरोना भाइरस महामारीको पूर्वसन्ध्यामा अर्थमन्त्री बने । केही हप्ताभित्रै उनले युद्धकाल बाहिर पनि राज्यकोषबाट कुनै पनि अर्थमन्त्रीको सबैभन्दा ठूलो आर्थिक सहयोग प्याकेज सुरु गर्नुपर्यो ।

उक्त प्याकेजलाई धेरैले लाखौँ रोजगारी बचाउने रूपमा हेरियो । उक्त प्याकेजको उच्च खर्च प्रकृति भए पनि लामो समयसम्म कम करको पक्षमा रहेका सुनकले पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरलाई आदर्श बनाउन रेकर्ड राखेका थिए । आधुनिक प्रविधिको प्रगतिका साथ सहज र आत्मविश्वासी सुनकलाई ‘डिसी ऋषि’ नाम दिइयो र उनी महामारीको कठोरकालमा जोनसनको प्रशासनभित्र चाँडै सबैभन्दा विश्वासयोग्य र लोकप्रिय अनुहारहरूमा एक बने ।

डाउनिङ स्ट्रिटमा आफ्नो कार्यालयमा कोरोना भाइरस लकडाउनको उल्लङ्घन गरेकामा संसद्मा झुटो बोलेको ठहर भएपछि जोनसनलाई सन् २०२२ को गर्मीमा राजीनामा दिन बाध्य पारिएको थियो । धेरै नराम्रो नभएपनि जोनसनका उत्तराधकारी लिज ट्रसले वित्तीय बजारलाई चकित पार्दै र उधारो लिने लागत बढाउँदै वित्तरहित कर कटौतीको प्याकेजलाई समर्थन गरेपछि कन्जरभेटिभहरूमाथिको विश्वास झनै घट्यो ।

उनको प्रधानमन्त्रीत्वकाल बेलायतको इतिहासमा सबैभन्दा छोटो थियो । ट्रसको स्थानमा सुनक आएपछि उनले आफूलाई स्थिर जोडीका रूपमा प्रस्तुत गरे । जोनसनको उत्तराधिकारीका रूपमा सुनकले ट्रसलाई चुनौती दिँदा कन्जरभेटिभ पार्टीका सदस्यहरूलाई ट्रसको आर्थिक योजनाको लापरवाहीप्रति चेतावनी दिएको भन्दै मतदाताहरूलाई बारम्बार सम्झाए ।

सुनकले सन् २०२२ अक्टोबरको ट्रसको दुःखद ४९ दिने प्रधानमन्त्रीत्व कालपछि उहाँको स्थान लिँदा कन्जरभेटिभ पार्टी लेबरभन्दा करिब ३० प्रतिशत अङ्कले पछि थियो । अर्थमन्त्रीका रूपमा सुनकले आफ्नो कोभिड–१९ नोकरी रिटन्स प्याकेज लागु गरेकामा प्रशंसा गरियो । यसले वास्तवमै लाखौँ नोकरी बचाएको थियो ।

तर यसले मूल्य पनि चुकाउनुपर्यो । यसबाट मुलुकको करको भार सन् १९४० को दशकपछि उच्चतम स्तरमा पुग्यो । प्रधानमन्त्रीका रूपमा आफ्नो २१ महिनामा सुनकले कन्जरभेटिभ पार्टीभित्र तिक्त विभाजनमाथि काबु पाउन सङ्घर्ष गर्नुपर्यो ।

सुनकलाई आप्रवासनमाथि थप कठोर हुन र करहरूमा कटौती गर्न थप साहसी बन्न एउटा पक्ष चाहन्थ्यो । तर अर्को पक्षले ऐतिहासिकरूपमा बेलायती निर्वाचन जित्ने गरी राजनीतिको केन्द्रमा जान आग्रह गरेको थियो ।

सुनकले प्रधानमन्त्रीका रूपमा आफ्नो अन्तिम सम्बोधनमा सन् २०२९ सम्म संसद्मा पूर्ण कार्यकाल पूरा गर्ने र कन्जरभेटिभ पार्टीले उत्तराधिकारी चयन नगरेसम्म उक्त पार्टीको नेता बनिरहने बताए । उनले भने, “१४ वर्षको सरकारपछि कन्जरभेटिभ पार्टीले पुनर्निर्माण गर्नु महत्त्वपूर्ण छ तर विपक्षमा रहँदा आफ्नो महत्त्वपूर्ण भूमिकालाई व्यावसायिक र प्रभावकारीरूपमा लिन्छ ।”

सम्भवतः कृत्रिम प्रविधिमा आफ्नो रुचि अघि बढाउन उहाँ आगामी वर्षहरूमा अमेरिका फर्कने प्रलोभनमा पर्न सक्ने धेरैले सोचेका छन् । बेलायतको सबैभन्दा महँगो बोर्डिङ स्कुलमध्येको एक विनचेस्टर कलेजमा आफ्नो स्कुल पूरा गरेपछि सुनक राजनीति, दर्शन र अर्थशास्त्र अध्ययन गर्न अक्सफोर्ड विश्वविद्यालय गए । यो भविष्यका प्रधानमन्त्रीहरूका लागि छनोटको डिग्री हो ।

त्यसपछि उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबिए गरे । उक्त अध्ययन अमेरिकामा गोल्डम्यान स्याक्समा हेज फन्ड प्रबन्धकका रूपमा भविष्यको करियरका लागि लन्चप्याड साबित भयो । त्यहाँ उनले आफ्नी श्रीमती भारतीय प्रविधि कम्पनी इन्फोसिसका अर्बपति संस्थापकको छोरी अक्षता मुर्तीलाई भेटे ।

उनका दुई छोरी छन् । सन्डे टाइम्सको २०२४ धनीहरूको सूचीअनुसार ६५ करोड १० लाख पाउन्ड (८१ करोड ५० लाख डलर) को अनुमानित सम्पत्तिका साथ दम्पती १० डाउनिङ स्ट्रिटको अहिलेसम्मको सबैभन्दा धनी बासिन्दा रहेको छ ।