![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
याङ्गन । उत्तरी म्यानमामा बाढीका कारण हजारौँ बासिन्दाहरू घरभित्रै फसेका र बिजुली र फोन लाइनहरू काटिएको स्थानीय सञ्चारमध्यमले मङ्गलबार जनाएको छ ।
राज्य मौसम कार्यालयले थप भारी वर्षाको चेतावनी दिएको छ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
राज्य सञ्चारमाध्यमले उत्तरी काचिन राज्यको सहर माइटकिनामा केही दिनको भारी वर्षाका कारण अय्यारवाडी नदीमा आएको बाढीले खतरा बढेको बताएको छ ।
“पानीको स्तर तीव्र रुपमा बढिरहेको छ। धेरै बासिन्दाहरू अझै पनि आफ्नो घरभित्र फसेका छन् । सहरमा इन्धनको अभाव छ र उद्धारकर्ताहरूले मोटर डुङ्गाबाट मानिससम्म पुग्न धेरै कठिनाइको सामना गरिरहेका छन्“, माइटकाइनाका एक बासिन्दाले आइतबारदेखि बिजुली र फोन नेटवर्क बन्द भएको बताए ।
स्थानीय सञ्चारमाध्यमले प्रदर्शन गरेको तस्बिरहरूमा बाढीका कारण डुबानमा परेका भवनहरू र टाउकोमाथि आफ्नो सामान बोकेर बसेको ठाउँभन्दा अन्यत्रै गइरहेका बासिन्दाहरुको दयनिय अवस्था देखाइएको थियो ।
वर्षाको मौसममा सामान्यतया दक्षिणपूर्वी एसियाली देशमा महिनौँसम्म भारी वर्षा निम्त्याउछ तर मानव निर्मित जलवायु परिवर्तनले मौसमको ढाँचालाई अझ तीव्र बनाएको वैज्ञानिकहरूले बताएका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)