![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठककमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सोमबार राति मुलुकको राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्ने सहमति भएसँगै सचिवालय बैठक भएको हो ।
बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग भएको समझदारीबारे जानकारी गराउने प्रमुख गौतमले बताए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)