![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको छ । यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तावलाई बहुमत सदस्यले अस्वीकार गरेका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)