![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय संगठन (इन्टोसाई)द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए-पी) कोर्स अध्ययन गर्ने तीन जना वरिष्ठ कर्मचारी दीक्षित भएका छन्।
महालेखापरीक्षक कार्यालयको ६६औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनीहरूलाई प्रमाणपत्र प्रदान गरे।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
दीक्षित हुने कर्मचारीमा महालेखापरीक्षक कार्यालयका नायव महापरीक्षक श्यामप्रसाद भण्डारी, (सर्टिफाइड पर्फेमेन्स अडिटर), निर्देशक टीकानाथ अर्याल (सर्टिफाइड कम्प्लायन्स अडिटर) र निर्देशक सिर्जना रिमाल (सर्टिफाइड पर्फेमेन्स अडिटर) भएका छन्।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)