नारायणी नदीमा डुबेर दुई बालकको मृत्यु



चितवन । नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँँसो भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकासचोक घर भएका १० वर्षीय बिदान गौतम रहेका छन् । अर्का अन्दाजी ११–१२ वर्षीय बालकको परिचय खुल्न सकेको छैन ।


स्थानीयवासीले डुबेको अवस्थामा फेला पारी उद्धार गरी भरतपुर अस्पताल ल्याएका थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । उनीहरु नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।