मेलम्चीको बाढीले अस्थायी पुल बगाएसँगै यातायात अवरुद्ध



मेलम्ची । मेलम्चीमा आएको बाढीले मेलम्ची नगरपालिका– ११ स्थित फट्टेमा रहेको अस्थायी पुल बगाएको छ । बाढीले पुल बगाएसँगै आवतजावतमा समस्या भएको छ ।

आइतबारदेखिको वर्षाका कारण आएको बाढीले उक्त पुल बगाएको हो । ह्युम पाइप क्षति भएसँगै मेलम्ची दुवाचौर, केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ ।


२०७८ को बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर अस्थायी पुल बनाएकामा बाढीले उक्त पुल नै बगाइदिएको हो । पुल बगाएपछि ती ठाउँहरूमा जान थप १५ किलोमिटर घुम्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।