बंगलादेशमा पुल भत्किएर माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा नौ जनाको मृत्यु



बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

दुर्घटना शनिबार दिउँसो २ बजेतिर भएको हो । स्थानीय समय अनुसार पुल भत्किँदा दुबै सवारी साधनलाई नहर खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले बताए । उद्धारकर्ताहरूले नहरबाट नौ शव निकालेका छन् भने १० जना घाइते भएका छन् ।