आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा



काठमाडाैँ । आज शेर्पा समुदायकाे पर्व, ग्याल्पो ल्होसार मनाइँदै छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ । 

सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । 


नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।