नेपाली सेनाका महासेनानी मल्ल बर्खास्त



काठमाडौँ । नेपाली सेनाको समरी सैनिक जनरल अदालतले नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको छ ।

मल्लको कागजपत्रमा कैफियत देखिएपछि सैनिक अदालतले मंगलबार भविष्यको लागि अयोग्न नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला गरेको सैनिक प्रवक्ता गौरब केसीले जानकारी दिएका छन् ।


हिरासतमा राखेर अनुसन्धान गरेपछि सेनाले उनीविरुद्ध सैनिक अदालतमा मुद्दा दर्ता गरेको थियो । सैनिक अदालतले मल्लको कागजपत्रमा कैफियत देखिएको उल्लेख गरेको छ ।

मल्लको उमेरलाई लिएर सैनिक मुख्यालय जंगी अड्डामा उजुरी परेपछि अमेरिकाको न्यूयोर्कबाट काठमाडौं बोलाइएको थियो । त्यसपछि सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेर अनुसन्धान गर्ने गरेको थियो ।