प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित



काठमाडौंँ । संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गरेका छन् ।


कानुन मन्त्री बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरेसँगै संसद बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्। बैठक ५ मिनेट बसेर स्थगित भएको हो ।

गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो संसद बैठक बसेको हो ।