प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सभामा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ ।

आजै १५ मिनेटपछि बस्ने अर्काे बैठकमा मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।