रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौँ । नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गरी अध्यक्ष लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिएका हुन् ।


मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा छन् । राप्रपाको दुई दिनसम्म चल्ने केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ ।