रुसको शक्ति प्रदर्शनः क्युबा पुग्यो रुसी युद्धपोत



क्युबा नजिक रुसी युद्धपोतको आगमनलाई रुसको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । युक्रेन युद्धका कारण पश्चिमी देश र रुसबीच तनाव बढेको छ ।

अमेरिकी अधिकारीहरूले ती जहाजहरूमा नजर राखेको बताएका छन्। तर, अमेरिकाले पनि यी जहाजहरूले अमेरिकालाई तत्काल कुनै खतरा नरहेको बताएको छ ।


क्यारेबियन देश क्युबा पुग्नुअघि यी जहाजहरूले एट्लान्टिक महासागरमा मिसाइल प्रहार गर्ने अभ्यास पनि गरेका थिए।

यी जहाजहरूमा एक फ्रिगेट र एक आणविक संचालित पनडुब्बी पनि समावेश छन्।

क्युवा र रुसबीच बलियो द्विपक्षीय सम्बन्ध छ। यी जहाजहरू आगामी पाँच दिनसम्म हवाना बन्दरगाहमा रहनेछन्।

यो बन्दरगाह फ्लोरिडाको अमेरिकी नौसेना एयर स्टेसनबाट मात्र १६० किलोमिटर टाढा छ।