सत्तापक्षकै सांसदको प्रश्न: एउटा पुल निर्माणमा १५ वर्ष लाग्छ, समृद्ध नेपाल कसरी बन्छ ?



काठमाडौं । नेकपा एमालेका सांसद एलपी सावा लिम्बुले झापाको कन्काई नदिमा निर्माणाधीन पुल १२ वर्ष हुँदा पनि बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा झापाबाट निर्वाचित सांसद लिम्बूले हुलाकी राजमार्ग अन्तर्गतको सो पुल १३ वर्ष हुँदा पनि नबनेको बताउँदै यस्तै भए समृद्ध नेपाल कसरी बन्छ भन्दै प्रश्न गरे ।


‘एउटा पुल निर्माणमा १२,१५ वर्ष लाग्ने हो भने कसरी समृद्ध नेपाल बन्छ ?’ भनेर प्रश्न गर्दै उनले संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।