एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् । उनले तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरेका अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले राससलाई जानकारी दिए ।


जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव ९खुला० मा उद्धव भण्डारी निर्वाचित हुनु भएको छ ।

महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।