रुसी सेनालाई साथ दिन बेलारुसी सेना युक्रेन प्रवेश गर्ने



युक्रेनमा प्रवेश गरेका रुसी सेनाको सहयोगमा छिमेकी देश बेलारुसले साथ दिन लागेको युक्रेनी जासुसी संस्थाले जनाएको छ
बेलारुसले रुसी सेनालाई प्रत्यक्ष रुपमा सहयोग गर्न तत्परता देखाएको युक्रेनी जासुसी संस्थाले दाबी गरेको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको हो ।

आवश्यक परे बेलारुसका सेनाले रुसी सेनालाई साथ दिनसक्ने कुरा बेलारुसका राष्टपति अलेक्स्जेन्डर लुहासेन्कोले केही दिनअघि बताएका थिए ।रुसले पश्चिमी उत्तरमा पर्ने बेलारुसको भूमि पनि प्रयोग गरेर युक्रेनमा आक्रमण गरिरहेको छ ।अमेरिकी सरकारले पनि राजधानी किभलाई बेलारुसले पनि युक्रेनमाथि हमला गर्नसक्ने जानकारी दिएको छ ।


यसैबीच, आइतबार रुसले आणविक हमला गर्नसक्ने चेतावनी दिएपछि रुससँग निःशर्त वार्ता गर्न तयार हुँदै यी दुई देशबीच युक्रेन र बेलारुसको सीमानजिक औपचारिक रुपमा वार्ता हुने बताइएको छ।