रवि लामिछानेविरुद्धको रिटलाई अग्राधिकार, असार ४ गते पशी



​काठमाडाैँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेका उजुरीसहितका सक्कल मिसिल झिकाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार उक्त आदेश गरेको हो ।


लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितका माग राखेर सर्वोच्चमा परेको रिटलाई अग्राधिकार दिँदै आगामी असार ४ गते पेशी तोकिएको छ । 

‘यसमा कृष्णप्रसाद खरेलसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जितेन्द्रबावु राई (जीबी)समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०-८१-०९८७ नम्बरको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाई पूर्व आदेशानुसार अग्राधिकार दिई मिति २०८१/०३/०४ को पेशी तोकी नियमानुसार पेश गर्नुहोला,’ आदेशमा भनिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दिनमणि पोखरेललगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

शुरूमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो । त्यसपछि भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए ।

रिटमा  रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग गरिएको थियो ।

यस्तो छ आदेश

null