सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ । बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठलगायतलाई बैंकिङ ठगी प्रकरणमा नियन्त्रण लिई अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

उनले आठ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए । कमसल धितोमा बढी रकम ऋणका रूपमा प्रवाह गरी बैंकलाई ठगी गरेको उनीहरूमाथि आरोप छ । उनीहरूले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँबराबरको कर्जा प्रवाह गरेको सीआईबीको अनुसन्धानले जनाएको छ ।


यसअघि यही प्रकरणमा बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका थिए । उनीहरूलाई भने प्रहरी बयानपछि रिहा गरेको थियो ।