सहकारी प्रकरणमा छानबिन गर्न गठित समितिको बैठक बस्दै



काठमाडौं । सहकारी संस्थामा भएको ठगीका विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बोलाइएको छ ।  बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा कार्यविधिलगायतका विषयमा छलफल हुने बताइएको छ।

यसअघि गत बुधबार बसेको समितिको पहिलो बैठकले आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा पेस गर्न समिति सचिवालयलाई आजसम्मको समयसिमा तोकेको थियो ।


सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय पाएको छ ।