छिमेकी राष्ट्र भारतसहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय



काठमाडौं । सरकारले छिमेकी राष्ट्र भारतसहित ११ देशका राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सत्ता गठबन्धनको समयमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।


सरकारले भारतसहित अमेरिका, बेलायत, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क, इजरायल, कतार, र दक्षिण कोरियाका राजदूतलाई फिर्ता बोलाउन लागेको हो ।