पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण



काठमाडाैँ । बलात्कारको आरोप लागेका नायक पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।

शाहले आज बिहान सामाजिक सञ्जालमार्फत आज प्रहरीसामु आफैं उपस्थित हुने बताएका थिए । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दर्ता भएको छ ।