अरुण तेस्रो जलविद्युत परियोजनाको मुख्य सुरुङमार्ग ‘ब्रेक-थ्रु’



काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको मुख्य सुरुङमार्ग ब्रेक–थ्रु भएको छ । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेर मुख्य सुरुङमार्गको ब्रेक–थ्रु गरेका हुन् ।

सुरुङमार्ग ब्रेक–थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक विकासका क्षेत्रमा नेपालले सुरूङ युगको यात्रा तय गरेको बताए । उनले काठमाडौँ–नौबीसे सडकखण्डमा रहेको सुरूङमार्ग र बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको ब्रेक–थ्रु र अरुण तेस्रो जलविद्युत परियोजनाको ब्रेक–थ्रुलाई समृद्धिका महत्वपूर्ण आधारस्तम्भको संज्ञा दिए ।


प्रधानमन्त्री प्रचण्डले परियोजनाको बाँकी काम सम्पन्न गर्ने कार्यमा आवश्यक सहजीकरण र सहयोगका निम्ति सरकारका संयन्त्रहरू, विकास साझेदार, निर्माण कम्पनि र स्थानीय जनसमुदायसँग आग्रह गरे ।

परियोजनाको झण्डै ७० प्रतिशत काम सकिएको निर्माण कम्पनीले बताएको छ । कुनै अवरोध नभए आगामी एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने बताइएको छ ।