उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई मुख्यमन्त्री कार्कीको निर्देशन



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उच्च मनोबलका साथ जनताको सुरक्षा गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रदेश प्रहरी कार्यालय निरीक्षणको क्रममा आज उनले प्रदेश सरकारले नागरिकको सुरक्षाप्रति जिम्मेवारी बहन गर्न प्रहरीलाई आवश्यक तालिम र स्रोतसाधनले पूर्ण बनाउने बताए । मुख्यमन्त्री कार्कीले प्रहरीका लागि आवश्यक उपकरण, सवारीसाधन, भवन निर्माणलाई निरन्तरता दिने बताए । 


उनले विश्वमा नेपाल सुरक्षित भएको सन्देश प्रवाहको मुख्य श्रेय नेपाल प्रहरीलाई जाने बताउँदै जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन जिम्मेवारीका साथ लाग्नु पर्नेमा जोड दिए । उनले तीनै तहको समन्वयमा प्रहरीलाई आम नागरिकसम्म स्थापित गर्दै जाने नीति रहेको स्पष्ट पारे । 

आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सीमित स्रोतसाधनको उपलब्धताबाट प्रहरीले  नागरिकलाई शान्ति सुरक्षा उपलब्ध गराउन सफल भएको बताए । प्रमुख सचिव केदारनाथ शर्मा र प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले नागरिकको शान्ति सुरक्षा नै मुख्य कार्य भएको धारणा राखे ।