बालेनले भत्काएको न्यूरोडको सडकमा सडक विभागको पिच (तस्बिरहरु)



काठमाडौं । सडक डिभिजन कार्यालयले काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भत्काएको न्यूरोडको कालोपत्र गरेको छ ।

सोमबार डिभिजनले न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडक कालोपत्रको काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले महानगरले काटेर अलपत्र र अस्तव्यस्त भएपछि सडक कालोपत्र गरिएको जानकारी दिएका छन् ।


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ विस्तार गर्न सडकको आकार घटाएका थिए । त्यसलाई रोक्न सडक विभागले महानगरलाई पत्र पठाएको थियो।

पत्रलाई वेवास्ता गरेपछि सडक विभाग महानगरले भत्काएको सडक कालोपत्र गर्न थालेको हो । सडक कालोपत्र गर्न थालेपछि न्यरोडमा महानगर प्रहरी पुगेको थियो । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।