संसद्मा धनराजको व्यंग्य: अब हनिमुन सिटी निर्माण गरौं



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सरकारले मनलाग्दी शीर्षक राखेर रकम विनियोजन गरेको दाबी गरेका छन् ।

पूर्व कानूनमन्त्री समेत रहेका गुरुङले वर्तमान सरकारले जनताको जनजीविकालाई भन्दा पपुलारिटीलाई ध्यानमा राखेर बजेट निर्माण गरेको बताए । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले आफू कानुनमन्त्री हुँदैको बखत आगार्मी आर्थिक वर्षमा यति राजस्व उठाउने छलफल भएको बताए ।


गाँजा खोतीका विषयमा आफू कानुनमन्त्री हुँदै कानुन बनाउन पहल गरेको भन्दै उनले गाँजा खेती गरेर औषधिजन्य उत्पादन गर्नुपर्ने भन्दै गाँजा खेती बन्द गर्ने कार्य सय प्रतिशत गलत भएको उल्लेख गरे । “म मन्त्री बन्दा पटकपटक कानुन बनाएर ल्याउनुहोस् भन्दा ल्याउनुभएन । यदि कानुन बनाएर जाने हो भने गाँजा खेतीबाट दुई खर्ब राजस्व वृद्धि हुन्छ,” उनले भने ।

पूर्वकानुनमन्त्री समेत रहेका गुरुङले धार्मिक, सांस्कृतिक, खेलकुदलगायत पर्यटनको सम्भावना रहेको बताए । उनले जनकपुरमा विवाह हब, लुम्बिनीमा वर्थिङ हब बनाउने भए हनिमुन सिटी पनि थप गर्नुपर्ने उल्लेख गरे ।

‘लुम्बिनीमा भगवान गौतम बुद्धको प्रचारका लागि स्कल र हस्पिटल बनाउनुपर्छ भनेर मैले पटक पटक भनेको थिए । तर, मेरो भनाई र मेरो सोचाईलाई बुझ्ने साथीहरु कोही पनि अर्थमन्त्री हुनु भएन । तर, आज लुम्बिनीलाई बर्थिङ हब्स बनाउ भनेर आएको छ । कमसेकम नयाँ कार्यक्रम ल्याएको छ । सरकारले’ उनले व्यंग्य गर्दै भने ‘यसमा एउटा कुरा अझै पुगेन । विवाह केन्द्र । जन्म केन्द्र भयो । अब हनिमुन शहर निर्माण गरौं । त्यसकारण देशको कुनै ठाउँलाई हनिमुन शहर नाम राख्दिउँ । चितवानको सौरहाको नाम फेरौं अनि हनिमुन सिटी राखौं’ ।