२७५ जनामा कोरोना संक्रमण, एकको मृत्यु



काठमाडौँ । नेपालमा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६६७० पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा ५५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५५४५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११,९३२ पुगेको छ ।

हाल क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ९,२८० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।