यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ ।


आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९३ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा रहेको भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।