कार्यदलको बैठकपछि शीर्ष नेताहरू बालुवाटारमा



काठमाडौँ । सहकारी ठगीको विषयमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न बसेको शनिबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको छ । कार्यदलको सदस्यसमेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आजको बैठक सहमति नजिक पुगेको जानकारी दिएका हुन् ।

बर्तौलाले अब शीर्ष नेताहरुसँग छलफल गरेर यसलाई अन्तिम टुंगोमा पुर्‍याइने बताए । ‘आजको बैठक सकारात्मक भएको छ,’ बर्तौलाले भने, ‘यसलाई अन्तिम टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग बस्न कार्यदलका सबै सदस्य बालुवाटार पुगेका छौँ । कार्यदलले गरेको प्रगति त्यहाँ राख्नेछौँ । कार्यदल जहाँबाट गठन भएको थियो, त्यहाँ नै पुगेर यसलाई फिनिसिङ गर्छौँ ।’


प्रधानमन्त्रीसँगको बैठकमा कार्यदलका कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल पिन सहभागी छन् ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता कृष्ण सिटौला सहभागी छन् ।

यस्तै सत्ता पक्षबाट एमालेबाट उपप्रधान तथा भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ,सांसद विष्णु पौडेल सहभागी छन् ।  यस्तै, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे  सहभागी छन् ।

बैठकमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छैनन् । देउवालाई सन्चो नभएको बताइएको छ भने ओलीले पौडेल र महासेठलगायतलाई पठाएका छन् ।