कैलाश सिरोहियाको गिरफ्तारी सत्ताको दुरुपयोग हो : लिङदेन



काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु सत्ताको दुरुपयोग भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङदेनले  कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य साबित गरेर देखाउनुपर्नेमा यसप्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका हुन् ।


उनले भनेका छन्- 

कान्तिपुर  प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहिया माथिको अभियोगका सम्बन्धमा न्यायिक निरुपण हुनेनैछ। तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ । कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य साबित गरेर देखाउनुपर्नेमा यसप्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग हो ।