सिङ्गापुरद्वारा १५९ लागूऔषध अपराधी पक्राउ



सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरो (सीएनबी) ले १४ वर्षीय विद्यार्थीसहित एक सय ५९ जना संदिग्ध लागुऔषध अपराधीलाई मे ६ देखि १७ सम्म मुलुकव्यापी लागुऔषध विरोधी अभियानमा पक्राउ गरेको जनाएको छ ।

लागुऔषध ओसारपोसारका क्रममा सीएनबीले दुई लाख २१ हजार सिङ्गापुर डलर (एक लाख ६४ हजार अमेरिकी डलर) को अनुमानित मूल्यको नौ सय ३७ ग्राम हेरोइन, तीन सय ७६ ग्राम आइस र एक सय ६१ ग्राम गाँजा, अन्य लागूपदार्थहरू बरामद गरेको छ । त्यसमा सङ्लग्न शङ्कास्पद व्यक्तिहरूमाथि अनुसन्धान जारी छ ।