काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले जित दर्ता गरेको छ । आइतबार भएको खेलमा पञ्जाबविरुद्ध हैदराबादले चार विकेटको जित दर्ता गरेको हो । जितसँगै शीर्ष हैदराबाद दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना बलियो बनेको छ ।
पञ्जाबले दिएको २१५ रनको लक्ष्य हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनर अभिषेक शर्मा २८ बलमा ५ चौका र ६ चौकासहित सर्वाधिक ६६ रन बनाए ।
त्यस्तै हेनरिक क्लासेन ४२, राहुल त्रिपाठी ३३ र नितेश कुमार रेड्डी ३७ रनमा आउट भए । पन्जाबका लागि अर्शदीप सिंह र हर्षल पटेलले २–२ विकेट लिए ।
त्यसअघि राजिव गान्धी इन्टरनेशल स्टेडियम टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । उसका लागि ओपनर प्रभशिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रन बनाए ।
त्यस्तै थर्व टैडे ४६ तथा जितेश शर्माले ३२ रन बनाए । राइली रोसोउ ४९ रन बनाएका थिए। हैदराबादका टि नटराजनले २ तथाप्याट कमिन्स र विजयकान्थले १–१ विकेट लिए ।