साढे ४ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभाको बैठक



काठमाडौं। प्रतिनिधि सभाको बैठक साढे ४ बजेसम्मका लागि सारिएको छ। सभामुखको सचिवालयले बैठक साढे ४ बजेसम्मका लागि सारेको जानकारी दिएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश ९टिओआर० बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको हो।


शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन्।

अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ ।

त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ ।