लाओसले हानिकारक कीटनाशकको प्रयोग कम गर्ने



मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा फाइनान्सिङ एग्रोकेमिकल रिडक्सन एण्ड म्यानेजमेन्ट (फार्म) परियोजना लाओसमा लागू गरिने छ । यो परियोजना लाओसमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले लाओसको कृषि तथा वन मन्त्रालयको सहयोगमा सञ्चालन गर्ने मन्त्रालयले शुक्रबार जनाएको छ ।

परियोजना सन् २०२४ देखि सन् २०२८ सम्म लाओसको राजधानी भिएन्टाइन र जÞिएङ खुआङ, लुआङ नम्था, ओडोमक्से तथा बोकेओ प्रान्तमा सञ्चालन हुनेछ । यो पर्यावरणीयरूपमा दिगो एकीकृत कीट व्यवस्थापन विधिहरूमा ध्यान केन्द्रित गरेर मानवलाई हानिकारक कीटनाशकहरूको प्रयोगलाई कम गर्ने लक्ष्य राखिएको छ ।


मुख्य लक्ष्य नीति निर्माण, कानून, व्यवस्थापन र कीटनाशक प्रयोगको क्षेत्रमा लगानीलाई सुदृढ पार्नु र किसानहरूका लागि विकल्पका रूपमा सुरक्षित कीट नियन्त्रण विधिहरू मोडेलिङ र प्रसार गरेर दिगो आय आर्जन बढाउनु हो । यस परियोजनाले कीटनाशक फोहोर व्यवस्थापनमा चेतना अभिवृद्धि र क्षमता निर्माणका साथै कीटनाशक व्यवस्थापन कार्यको अनुगमन र मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धि गर्नेछ ।