नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव दिने नासाको जेट प्रोपल्सन प्रयोगशाला (जेपिएल) ले बिहीबार जनाएको छ ।
जेपिएलका अनुसार नासाको जुनो अन्तरिक्ष यानमा सवार जुनोक्याम दृश्य–लाइट क्यामेराका छविहरूले बृहस्पतिको चन्द्रमा युरोपाको उत्तरी र दक्षिणी ध्रुवहरूमा हिउँको क्रस्ट पहिलेको ठाउँमा नभएको सिद्धान्तलाई समर्थन गर्दछ । स्पेसक्राफ्टको स्टेलर रेफरेन्स युनिटद्वारा बरफको चन्द्रमाको अर्को उच्च–रिजोल्युसन तस्विरले सम्भावित प्लुम गतिविधि र बरफको गोला विघटनको क्षेत्रको सङ्केतहरू प्रकट गर्दछ । त्यहाँ हालै नुनको पानी सतहमा आएको हुनसक्छ ।
जुनो मिसन सन् २०११ अगस्ट ५ मा फ्लोरिडाको केप क्यानभेरल एयर फोर्स स्टेशनबाट सुरु गरिएको र पाँच वर्षमा १७ खर्ब ४० अर्ब माइलको यात्रापछि सन् २०१६ जुलाई ४ मा बृहस्पतिमा पुगेको छ । उक्त मिशनको उद्देश्य बृहस्पति, सौर्यमण्डल र ब्रह्माण्डमा रहेका विशाल ग्रहहरूको उत्पत्ति र विकासको अन्वेषण गर्नु हो ।