रामपुर । पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
गत वैशाख १९ गते रामपुर नगरपालिका–४ को समाङ्सिङ, तल्लो गिजिनडाँडा र रामपुर–५ गैरामा आगलागीबाट पूर्ण क्षति भएका छ र आंशिक क्षति भएका तीन परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
नेवास् देय दवु, नेवास् समाज, लोकप्रसाद–शेष कुमारी अक्षयकोष र रामपुर अक्षयकोष रामपुरमार्फत रु चार लाख ७६ हजार चार सय बराबरको राहत रकम विवरण गरिएको नेवा देय दबु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले जानकारी दिए।
नेवा स् देय दबू रामपुर नगरसमितिमार्फत रु तीन लाख ६५ हजार चार सय, रामपुर नेवाः समाजले रु ३० हजार, लोकप्रसाद शेषकुमारी अक्षय कोषमार्फत रु २५ हजार र रामपुर अक्षय कोषबाट रु ५६ हजार संकलन गरिएको थियो ।