थप २६२ जनामा कोरोना संक्रमण, १३३८ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६२ जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३३८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

हाल आइसोलेसनमा १२,२४४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।