कांग्रेसको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा १० सदस्य मनोनित (नामावलीसहित)



काठमाडौं । नेपाली कांग्रेसको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम प्रकाश रसाईली स्नेही प्रमुख रहेका उक्त समितिमा आज (शुक्रबार) १० जना सदस्यहरु मनोनित गरेका हुन् ।

मनोनित भएका सदस्यहरुमा चित्रबहादुर केसी (रुपन्देही, हाल संयुक्त अरव इमिरेट्स), नविन शेरचन, (मुस्ताङ, हाल अमेरिका), राजेन्द्र अधिकारी (लमजुङ), जयश बोहरा (मोरङ), देवकुमार खोखाली (सिन्धुपाल्चोक), दिपक थापा (स्याङ्जा), महेश बस्नेत (उदयपुर), सुजित श्रेष्ठ (झापा), हिरादेवी बुढाथोकी (काठमाडौं), संजय पनेरु (गोरखा) रहेका छन् ।