सत्ता गठबन्धन बैठक सकियाे, अर्को बैठक ८ गते



काठमाडाैँ । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति बताइएकाे छ ।


बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए ।

उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’