एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन : प्रधानमन्त्री देउवा



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । बिहीबार बिहान कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ विमोचन गर्दै प्रधानमन्त्रीले आफू एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने बताएका हुन् ।

उनले एमसीसीको पक्षमा उभिन डराउन नहुने समेत बताए । प्रधानमन्त्रीले भने,‘‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’