थप ७४७ जनामा काराेना संक्रमण पुष्टि, ८ काे मृत्यु



काठमाडौँ । नेपालमा थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७३८०६ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप २३१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९४०९०२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११९०० पुगेको छ ।

हाल क्वारेन्टाइनमा ११३ जना छन् भने आइसोलेसनमा २०७३९ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।