काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम तामाङलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम उनलाई प्रमुख सचेतक चयन गरेको थापाले बताए ।
उनी झापा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यसअघि संसदीय दलका प्रमुख सचेतक रहेका भूपेन्द्र राईले पदबाट राजीनामा दिएका थिए ।