काठमाडौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् ।
११० सदस्यीय प्रदेशसभा आजको बैठकमा १०८ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो । ५६ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा ३७ मत परेको थियो भने १५ जना सांसद तटस्थ बसेका थिए ।
जम्मकट्टेललाई एमालेका २७, माओवादीका २१, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टीका एक सांसदले विश्वासको मत दिए । हानेपाकी सरिता खड्गी आजको प्रदेश सभा बैठकमा अनुपस्थित भईन् ।