थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ काे मृत्यु



काठमाडौँ । नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप ७७७७ जना संक्रमणमुक्त भएका छन् । याेसंगै काराेना संक्रमणमुक्त हुनेकाे संख्या ९२८३६९ पुगेकाे छ । हाल नेपालमा संक्रमणमुक्त हुने दर ९५.७ प्रतिशत रहेकाे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । याेसंगै काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या ११८५२ पुगेकाे छ ।

हाल आइसोलेसनमा ३०२४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।