पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ काहुँडाँडामा भीषण आगलागी भएको छ । काहुँडाडामा सोमबार राति करिब साढे ८ बजेदेखि जंगलबाट सल्किएको आगोले भीषण रुपमा लिएको छ ।
आगो नियन्त्रणमा लिन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय लागेका छन् । जंगलमा बलिरहेको आगो बस्तीमा आउने जोखिमलाई ध्यानमा राख्दै दमकल सहितको टोली खटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । उनले जंगलमा लागेको आगो निभाउन दमकल जान नसकेको बताए ।
आगो बस्ती देखी करिव एक सय मिटरको फरक सम्म आएको बताए । बस्तीमा आगो पस्न नदिन विशेष सतर्कता अपनाएको उनले बताए । मणिपाल शिक्षण अस्पतालको माथिल्लो भेगमा आगो लागेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
आचार्यले आज मात्रै यो सहित पोखराका ८ ठाउँमा आगलागी भएको बताए । उनका अनुसार २ वटा दमकल परिचालन भएको जानकारी दिए । अहिले आगो भलामतर्फ बढेको प्रहरीको भनाई छ ।
फोटोः दीपेन्द्र श्रेष्ठ