बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक



काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबारको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्नेछन् ।


त्यस्तै सम्भावित कार्यसूची अनुसार शोक प्रस्ताव पारित हुनेछ । २०६४ को संविधानसभामा समानुपातिलक सांसद बनेका जगतबहादुर ताजपुरियाको २०७८ साल पुस १७ गते शनिबार निधन भएको हो ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने भोलिको बैठकमा पनि अवरोध जारी राख्ने बताएको छ ।