काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गेयर परिवर्तन गर्न गठबन्धन परिवर्तन गर्नुपरेको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा आज विश्वासको मत लिनेक्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् गतिमा नभएकाले परिवर्तन गरेको स्पष्ट पारेका हुन्।
‘प्रधानमन्त्रीमा रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिए, टीम त्यहि गतिमा नभएको मेरो अनुभव रह्यो।’ प्रचण्डले भने,‘र सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ।’
उनले तत्कालीन अवस्थामा विकासको गतिबाट सन्तुष्ट नभएको अभिव्यक्ति दिएर सरकार पुनर्गठन गर्नुपर्छ भन्दा पनि वातावरण बन्न नसकेको धारणा राखे। उनले गठबन्धनभित्र सरकार पुनर्गठन गर्न लाग्न साथ नदिएकाले नयाँ गठबन्धन बनाउनुपर्ने स्पष्ट पारे। उनले कांग्रेसले आफूप्रति निजी-व्यक्तिगत आक्षेप लगाएको भन्दै आपत्ति जनाए।